४ बैशाख २०८१, मंगलवार
Follow Us

आर्सनललाई हराउँदै सिटी पाँचौं चरणमा प्रवेश

नेपालब्रिटेन संवाददाता
१४ माघ २०७९, शनिबार ०५:०१

काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा आर्सनललाई १-० गोल अन्तरले हराउँदै सिटीले पाँचौं चरणको यात्रा तय गरेको हो ।

सिटीलाई जित दिलाउन नाथन एकेले निर्णायक गोल गरे । एकेले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए । पराजित आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ ।