७ बैशाख २०८१, शुक्रबार
Follow Us

मेचु र साहिलको म्युजिक भिडियो सार्वजनिक

नेपालब्रिटेन संवाददाता
१७ माघ २०७९, मंगलवार ०८:५७

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’बाट चर्चामा आएका मेचु धिमाल र साहिल लिम्बुको आवाजमा रहेको ‘सिङ्गो संसार’ गीत सार्वजनिक भएको छ । गीतमा मेचुकै शब्द तथा संगीत रहेको छ ।

किरण राईको छायांकन तथा सम्पादन र मेचुको निर्देशन भिडियोमा रहेको छ । गीतमा मेचु र साहिलको अभिनय समेत देख्न सकिन्छ । गीतमा मायामा रहेका प्रेमील जोडिको रचनात्मक प्रेम सम्बन्धलाई देखाउन खोजिएको छ ।