८ बैशाख २०८१, शनिबार
Follow Us

चलचित्र ‘कामिनो’ मा वर्षा सिवाकोटी अनुबन्धित

नेपालब्रिटेन संवाददाता
२९ माघ २०७९, आईतवार ०४:२४

काठमाडौं । चलचित्र ‘कामिनो’मा वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । केही समय अघिदेखि वर्षा यस चलचित्रमा रहेको हल्लाका बीच शुक्रबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । चलचित्रमा दुई अभिनेत्रीमध्ये एउटा महत्त्वपूर्ण भूमिकामा वर्षा भित्रिएकी हुन् ।

यसअघि चलचित्रका लागि अभिनेता प्रदिप खड्का अनुबन्धित भइसकेका छन् । वर्षा र प्रदीपको चलचित्रमा जोडी बाँधिन सक्नेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । चलचित्रमा अन्य कलाकारको भने चयन हुन बाँकी छ ।

दीपक वलीले निर्देशन गर्ने यस चलचित्रमा दक्षिण अमेरिकाबाट जोखिमपूर्ण यात्रा गरेर अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथा समावेश छ । महेश दवाडीको लेखन रहेको चलचित्रमा क्रियटिभ डिरेक्टर पूर्ण लामा र कार्यकारी निर्माता सुनील बिष्ट गौली रहेका छन् । चैत्र तेश्रो साताबाट छायांकन सुरु गरिने यस चलचित्रलाई सौरभ लामाले छायांकन गर्ने छन् ।

एक्सिस नेपाल फिल्म्सले निर्माण गर्ने यस चलचित्रलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा निर्माण गरिने छ ।