१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सिटीसँग एस्टन भिल्ला पराजित

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०७९, सोमबार ०५:५०

लन्डन । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेकाे छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रोड्री, गुण्डोगान र रियाद माहारेजले १–१ गोल गरेका थिए । पराजित टोली एस्टन भिल्लाका ओल्ली वाट्किन्सले एक गोल फर्काएका थिए ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई २–० ले पराजित गरेकाे छ । खेलमा म्यान्चेस्टर युनाइटेडका लागि मार्कस रास्फोर्ड र अलेजान्द्रो गार्नाचोले १–१ गोल गरेका थिए ।

आइतबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले शीर्ष स्थानको आर्सनलसँग अंक दूरी घटाएको छ । २१ खेलबाट आर्सनलको ५१ अंक छ । २२ खेल खेलेको म्यान्चेस्टर सिटीको ४८ अंक रहेकाे छ ।

२३ खेलबाट ४६ अंक जोडेको म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा रहेकाे छ ।