५ जेष्ठ २०८१, शनिबार
Follow Us

आत्मनिर्भरको आइपीओ भर्ने आज अन्तिम दिन

नेपालब्रिटेन संवाददाता
२ फाल्गुन २०७९, मंगलवार ०४:४४

काठमाडौँ । आत्मनिर्भर लघुवित्तको आइपीओ भर्ने फागुन २ गते आज मंगलबार अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। कम्पनीले माघ १६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको छ।

लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५५ ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०५ अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी(आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।