१३ जेष्ठ २०८१, आईतवार
Follow Us

ग्यास सिलिन्डर बिस्फोटनमा कांग्रेस नेता चन्द्र भण्डारी घाइते

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७९, बुधबार १९:१५

काठमाण्डौं । गुल्मी निर्वाचन क्षेत्र नं. १ का संघिय सांसद चन्द्र भण्डारी ग्यास सिलिन्डर बिस्फोटनमा घाइते भएका छन् ।

भण्डारीको सचिवालयका अनुसार बुधवार राति आफ्नै घरमा भएको बिस्फोटनमा उनकी आमा समेत घाईते भएकी छन् । अहिले दुवै जनालाई घाईते अवस्थामा कृतिपुर अस्पतालमा भर्ना गरिएको छ ।

डाक्टरहरुका अनुसार भण्डारीको शरिरको करिब २५ प्रतिशत र उनकी आमाको ७० प्रतिशतको हाराहारी शरिरको भागमा असर गरेको छ ।