११ जेष्ठ २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०७९, बिहीबार ०५:१७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा यी दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति चुनाव तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा यी दुई नेताको भेट बाक्लिएको हो ।

एमालेले पूर्वसहमति अनुसार राष्ट्रपति एमालेबाट हुनु पर्ने बताएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ ।