१५ असार २०८१, शुक्रबार
Follow Us

च्याम्पियन्स लिग : चेल्सी डर्टमन्डसँग पराजित

नेपालब्रिटेन संवाददाता
४ फाल्गुन २०७९, बिहीबार ०५:२५

लन्डन । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्लिस क्लब चेल्सी जर्मन क्लब बुरोसिया डर्टमन्डसँग १-० गोलको नतिजामा पराजित भएको छ ।

बुधवार राति सम्पन्न खेलमा डर्टमन्डलाई घरेलु मैदानमा जित दिलाउन करिम एडीएमीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ रोमाञ्चक भएको थियो ।

खेलको ६३ औँ मिनेटमा करिमले गरेको गोलमा लिएको अग्रतालाई खेलको अन्तिमसम्म कायम राख्दै डर्टमन्डले १-० को जित सुनिश्चित गरेको हो ।

चेल्सी र डर्टमन्डबीचको दोस्रो लेग मार्च ७ मा चेल्सीको मैदानमा हुनेछ । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत नै अर्को खेलमा बेन्फिकाले क्लब ब्रुगलाई २-० गोलको नतिजामा पराजित गरेको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त विधेयक २०७५ माघ २७ गते तत्कालीन सरकारले संसद् सचिवालयमा दर्ता गरेको थियो । तर सो विधेयकमाथी छलफल भएपनि प्रक्रियागतरुपमा अघि वढ्न सकेको थिएन ।