५ जेष्ठ २०८१, शनिबार
Follow Us

फ्राइडे रिलिजः रामबाबुको फूलबारी

नेपालब्रिटेन संवाददाता
५ फाल्गुन २०७९, शुक्रबार ०६:२६

काठमाडौं । नेपाली चलचित्र ‘फूलबारी’ र भारतीय चलचित्र ‘शहजादा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यी दुबै चलचित्र प्रदर्शनमा आएको हो । चलचित्रमा ‘फूलबारी’ मा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनुपम शर्मा शर्मालगायत कलाकार अभिनय रहेको छ ।

रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘फूलबारी’ पारिवारिक कथावस्तुमा आधारित छ । यो चलचित्रमा दयाहाङ विपिनको भतिजको चरित्रमा छन् । विपीन अवकाशप्राप्त शिक्षकको भूमिकामा छन् ।

चलचित्रले क्यूएफएक्समा राम्रै शोज पाएको छ । क्यूएफएक्स चेनले आज देशभर यसलाई ३३ शोज उपलब्ध गराएको छ ।

यसैगरी, भारतीय चर्चित कलाकार कार्तिक आर्यन र कृति सेननको चलचित्र ‘शहजादा’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ । ‘शहजादा’ ले प्रदर्शन हुनुअघि नै ६५ करोड भारतीय रुपैयाँ कमाएको छ ।

यसअघि मात्रै यो चलचित्रले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेर १० फेब्रुअरी बाट १७ फेब्रुअरीमा सारेको हो । चलचित्रले प्रदर्शन मिति परिर्वतन गर्नुको कारण शाहरुख खानको चलचित्र ‘पठान’ थियो ।

८५ करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको यस चलचित्रलाई निर्देशक रोहित धवनले निर्देशन गरेका हुन् । चलचित्रमा कार्तिक, कृतिको अलावा परेश रावल, मनिषा कोइराला र रोनित रोयको पनि अभिनय रहेको छ ।