१५ चैत्र २०८०, बिहीबार
Follow Us

राष्ट्रिय स्वतन्त्र पार्टीसंग एनआरएनएले अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७९, शुक्रबार १९:४६

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय स्वतन्त्र पार्टीसंग नागरिकता सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

छोटो समयमा संसदमा तेस्रो शक्तिको रुपमा उदायको सो पार्टीको धारणा बुझ्न र संघका मुद्दाका बारेमा जानकारी दिने उदेश्यले शनिवार विहान भरर्चुअल अन्तरक्रियाको आयोजना हुन लागेको हो ।

कार्यक्रममा स्वतन्त्र पार्टीको संसदीय दलका सचेतक प्रमुख सचेतक सन्तोश परियारले पार्टीको धारणा प्रस्तुत गर्ने छन् ।

कार्यक्रममा पार्टीका नेता पुकार बम र प्रणय सम्शेर राणाले आआफ्ना धारणा राख्ने संघका महासचिव गौरीराज जोशीले जानकारी दिए । कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष डा. हेम राज शर्माले नागरिकता विषयमा संघको धारणा प्रस्तुत गर्ने तयारी गरिएको छ । कार्यक्रममा शनिवार विहान साडे ८ बजे देखी १० बजे सम्म हुने संघले जनाएकोे छ ।

Programme Details:

Date: 18 Feb 2023
Time: 08.30-10.00 AM Nepal Time ( Canada and USA Feb 17, 2023 @ 9:45 PM EST)
Zoom link: https://zoom.us/j/93895309462…
Meeting ID: 938 9530 9462