१६ चैत्र २०८०, शुक्रबार
Follow Us

परराष्ट्रमन्त्री विमला राई पौड्याल फेब्रोअरी अन्तिम साता स्विट्जरल्यान्ड आउने

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७९, शुक्रबार २०:००

लण्डन् । परराष्ट्रमन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागिता जनाउन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउने भएकी छन् ।

फागुन ४ को मन्त्रिपरिषद् निर्णय अनुसार फागुन १५ देखि १८ (२७ फेब्रोअरी देखी मार्च ३ तारिख) सम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आउन लागेकी हुन् ।

सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त भ्रमणबारे जानकारी दिएकी हुन् ।