२६ भाद्र २०८२, बिहीबार
Follow Us

राष्ट्रपतिबाट माफी पाएका सांसद चौधरी आज रिहा

नेपालब्रिटेन संवाददाता
७ फाल्गुन २०७९, आईतवार ०७:०४

धनगढी । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरी जेलबाट रिहा भएका छन् । कैलाली कारागारमा थुनामा रहेका सांसद चौधरी आइतबार रिहा भएका हुन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि सांसद चौधरी रिहा भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी थिइन् । त्यसमा चौधरी पनि थिए ।

रिहा भएलगत्तै उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् । पार्टीका अन्य नेता, कार्यकतर्ता र शुभेच्छुकले उनलाई अबीर र खादा लगाइदिएका थिए । चौधरीलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरी ६ महिना कैद सजाय सुनाएको थियो ।

तर उनले कैद भुक्तान भने गरेका थिएनन् । गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जितेका थिए ।

धेरै पढिएको