७ बैशाख २०८१, शुक्रबार
Follow Us

अन्तराष्ट्रिय धादिङ समाजद्वारा ५३ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७९, सोमबार १४:५४

अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा जिल्लाभरका ५३ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा जिल्लाभरका ५३ जना बालबालिकालाई शौक्षिक सामाग्री वितरण गरिएको हो।वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका,ठगिमा परेका,बेपत्ता भएका र विपन्न दलित परिवारका बालबालिकाहरुलाई एक कार्यक्रमकाबिच शैक्षिक सामाग्री वितरण गरिएको हो।

५३जना बालबालिकाहरुलाई झोला,कपि, विद्यालयपोसाक लगायतको शैक्षिक सामाग्री वितरण गरिएको हो। धादिङ जिल्लाबाट वैदेशिक रोजगारमा गई विभिन्न पेसा तथा व्यवसाय गर्ने धादिङ्गेलीहरुले जिल्लामा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आईरहेका छन्।अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालको संयोजकत्वमा डा अर्जुन अर्याल र सामाजको साझेदारीमा शैक्षिक सामाग्री वितरण गरीएको हो ।

अन्तराष्ट्रिय धादिङ समाजका सचिव राजेन्द्र थपलियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी रमशे ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्र,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय धादिङका प्रमुख सुसान्त बराल, नीलकण्ठ नगरपालिकाका श्रोत व्यक्ति मेघनाथ कोईराला,नेपाल पत्रकार महासंघ धादिङका सभापति राजाराम शर्मा र गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीको विशेष आतिथ्यता रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी रमेश ढकालले अन्तराष्ट्रिय धादिङ समाजले राम्रो काम गरेको भन्दै धन्यवाद दिनुभएको छ।बैदेशिक रोजगारीको कारण समस्यामा परेकाहरुलाई केहि राहत पुगेको भन्दै यस्तो पुण्यको कामलाई निरन्तरता दिनको लागि आग्रह गर्नुभएको छ।जिल्लाबाट परदेशमा गई जन्मभुमि प्रति देखाएको काम प्रति प्रशंसा गर्दै ढकालले अन्तराष्ट्रिय धादिङ समाजले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनको लागी आग्रह गर्नुभयो।यसैगरी गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीले समाजलाई पनि गैसस महासंघमा आवद्ध हुनको लागि आग्रह गर्नुभएको छ ।आगामी दिनमा पनि अन्तराष्ट्रिय धादिङ समाजसँग मिलेर काम गर्ने भन्दै राम्रो काम गरेकोमा धन्यवाद दिनुभएको छ ।

यसैगरी कार्यक्रममा नीलकण्ठ नगरपालिकाका सुरक्षित आप्रवास सामी कार्यक्रमका कार्यक्रम संयोजक दिनेश दुवाडीले बैदेशिक रोजगारको वर्तमान अवस्था,चुनौती र नीलकण्ठ नगरपालिकाले बैदेशिक रोजगारको क्षेत्रमा गरेको कामको बिषयमा जानकारी गराउनु भएको थियो ।

संस्थाका कोषाध्यक्ष भगवती उप्रेतीले सन्चालन गर्नुभएको कार्यक्रममा सह कोषाध्यष रामकुमार थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यसमिति सदस्य राजेश्वर बस्नेतले संस्थाले अहिले सम्म गरेको कामको बारेमा जानकारी गराउनु भएको थियो । छात्राबृत्ती प्राप्त गरेपछी बालबालिका र उनीहरुको अभिभावकहरु खुसी भएका छन् । झोला,कपी,पेन्सिलहरु नहुँदा विद्यालय जान नपाएकाहरु छात्राबृत्ती पाएपछि विद्यालय खुसि भएर जाने उनीहरुको अभिभावकहरुले बताएका छन् ।