७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतीय अभिनेत्री बेला बोसको निधन

नेपालब्रिटेन संवाददाता
९ फाल्गुन २०७९, मंगलवार ०५:४०

भारतीय प्रसिद्ध अभिनेत्री तथा शास्त्रीय नर्तकी बेला बोसको निधन भएको छ । २० फेब्रुअरी अर्थात सोमबार ७९ वर्षको उमेरमा बेलाको निधन भएको हो । बेलाको के कारणले निधन भएको हो त्यो भने खुलाइएको छैन् । उनको जन्म १८ अप्रिल १९४१ मा कोलकातामा भएको थियो । बेलाले सन् १९५० देखि १९८० को बीचमा २ सय भन्दा बढी हिन्दी फिल्ममा अभिनय गरेकी थिइन् ।

बेलाको विवाह अभिनेता तथा फिल्म मेकर आशिस कुमारसँग भएको थियो । अभिनेत्री हुनुका साथै बेला एक दक्ष चित्रकार र राष्ट्रिय स्तरको पौडी खेलाडी थिइन् । फिल्म ‘मै नशे मे हुँ’ मा बेलालाई उनको उचाइका कारण राज कपूरको अपोजिटमा मुख्य नर्तकीको भूमिकामा लिएका थिए । तर, उनको सोही उचाइका कारण धेरै फिल्म हातबाट बाहिरिएका पनि थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार जुन बैंकमा बेलाको परिवारको सबै पैसा राखिएको थियो, त्यो बैंक डुबेको थियो । जसका कारण परिवारले आर्थिक संकट झेल्नुपरेको थियो । ३६ वर्षको उमेरमा उनका पिताको पनि सडक दुर्घटनामा निधन भएको थियो । परिवारलाई आर्थिक सहयोग पुर्‍याउन उनले सानै उमेरमा फिल्ममा ग्रुप डान्सरको रुपमा काम गर्न थालेकी थिइन् ।

बेलाले १७ वर्षको उमेरमा गुरु दत्तसँग १९६२ मा फिल्म सौतेला भाईबाट डेब्यू गरेकी थिइन् ।