८ बैशाख २०८१, शनिबार
Follow Us

जनसम्पर्क समिति बेलायतको नर्थवेस्ट लण्डनको अध्यक्षमा विशाल राई सर्वसम्मत

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७९, शनिबार २२:१९

लण्डन् । नेपाली जनसम्पर्क समिति बेलायतको नर्थवेस्ट लण्डन क्षेत्रीय सभापतिमा विशाल राई सर्वसम्मत भएका छन् । समितिको शनिवार फेलथाममा आयोजित दोस्रो अधिवेशनले राईको अध्यक्षतामा नयां कार्यसमितिको गठन गरेको हो ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको प्रमुखआतिथ्यमा सम्पन्न अधिवेशनले १२ सदस्सीय कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिको उपसभापतिमा निरन राई, महामन्त्रीमा विनय दाहाल, सहमहामन्त्रीमा कृष्ण पुन, कोषाध्यक्षमा सुजीत साही चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा नारायण लिम्बु, दिवराज राई, सिर्जल भट्टराई, जिवन राई, होम बहादुर पुन, अभिषेक राई र राज भट्टराई रहेका छन् ।