११ बैशाख २०८१, मंगलवार
Follow Us

लन्डनमा चार भञ्ज्याङ तमु समाजद्धारा करिब १५ लाख रुपैया संकलन

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७९, बुधबार १८:५४

टेलिमेडिसिन क्लिनिक सहयोगार्थ लन्डनमा चार भञ्ज्याङ तमु समाजको च्यारिटी

लन्डन । चार भञ्ज्याङ तमु समाज यूकेको १३ औं वार्षिक च्यारिटी डिनर सम्पन्न भएको छ। समाजका अध्यक्ष बेन कुमार गुरुङको अध्यक्षता तथा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा २५ फेब्रुअरी शनिबार लन्डन फेल्थाममा कार्यक्रम भएको हो ।

पर्वत चारभञ्ज्याङमा सञ्चालित टेलिमेडिसिन क्लिनिक सहयोगार्थ गरिएको च्यारिटी कार्यक्रमबाट करिब ९ हजार पाउन्ड करिब १५ लाख रुपैया संकलन भएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राजदूत आचार्य र समाजका अध्यक्ष गुरुङले पानसमा बत्ति बालेर गरेका थिए । त्यस अवसरमा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए आइसीसी उपमहासचिव रामशरण शिंखडा, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, तुम समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ, काउन्सिलर बिष्णु गुरुङ र जित रानाभाट, धर्म गुरु खेम्पो सन्तोष गुरूङ, चारभञ्ज्याङ तमु समाज यूकेका ट्रष्टीहरू, स्विन्फेन च्यारिटी ट्रष्टका मेजर ह्युज बार्डेल, समाजका पदाधिकारी, चेलिबेटी, तमु प्येल्हु संघ यूकेका पूर्व अध्यक्ष सोम तोर्जे गुरुङ, सहारा यूकेका अध्यक्ष ले. कुसाङ कुमार गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके अध्यक्ष हर्कबहादुर गुरुङ, अन्तरराष्ट्रिय नेपाली समाज यूके अध्यक्ष सुमित्रा राई, उपाध्यक्ष कृष्ण गैरे र महासचिव सुरोज मास्केलगायतको उपस्थिति थियो।

त्यस्तै, तमुधिं लन्डन इकाइका अध्यक्ष विष्णु गुरुङ, तमुधिं साउथ इष्ट लन्डन इकाइका अध्यक्ष ह्यारी गुरुङ, बुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष इ. खेम बहादुर गुरुङ, लमजुङ समाजका अध्यक्ष दल गुरुङ, बेजिङस्टोक नेपाली समाजका अध्यक्ष अेाम गुरुङ, स्याङ्जा जिल्ला समाज यूकेका अध्यक्ष शारदा गुरुङ, तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्व अध्यक्ष ज्ञाम गुरुङ र निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, कोने घोताने घोन्डे तमु समाज यूकेका उपाध्यक्ष कुमार गुरुङ, चेलिबेटी प्रमुख चन्द्र देबी गुरुङ र महासचिव लिना गुरुङ, बगर भाइ खलक यूके अध्यक्ष, दिलरास गुरुङसहित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो ।

समाजका महासचिव अमर गुरूङले कार्यक्रम सन्चालन र संयोजन उपाध्यक्ष दुर्गा गुरुङले गरेका थिए । कार्यक्रमको उद्धेश्य र महत्वबारे चार भन्ज्याङ वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्यका साथै चार भन्ज्याङ आइसीसी अध्यक्ष ले. चन्द्र गुरुङ, एनआरएनए उपमहासचिव रामशरण शिंखडा, तमुधिं यूके अध्यक्ष हरि गुरुङले शुभकामना मन्तव्य दिंदै च्यारिटी कार्यक्रम सफलताको कामना गरेका थिए। समाजका अध्यक्ष बेनकुमार गुरुङले च्यारिटी कार्यक्रमको उद्धेश्यबारे जानकारी गराएका थिए।

समाजले हरेक वर्ष गर्दै आएको च्यारिटी कार्यक्रमबाट उठेको रकम पर्वत चारभन्ज्याङ गाउँमा स्थापित टेलिमेडिसिन क्लिनिकमा सहयोग गर्ने गरिएको छ। सन् २०१३ मा स्थापना भएको क्लिनिकमा आवश्यक औषधि, स्वास्थ्य सामग्री, उपकरणका लागि समाजले सहयोग गर्ने गरेको छ।

क्लिनिकमा चारभञ्ज्याङ आसपासबाहेक अन्य जिल्लाबाट समेत बिरामीहरू उपचार गर्न आउने गरेका छन्। हालसम्म २६ हजारलाई निःशुल्क सेवा दिएको क्लिनिकको संसारभर करिब ९६ देशसंग टेलिमेडिसिन सम्पर्क छ।

समाजले स्थानीय विद्यालयको भौतिक निर्माण, शैक्षिक सामग्री, कम्प्युटर तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग पनि गरेको छ। कोभिड संक्रमणका समयमा अक्सिजन कन्सनट्रेटर, पीपीए, सर्जिकल, मास्क लगायत स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

एनआरएनए यूके, तमुधिं यूके, सहारा यूकेलगायतका संस्थाका परोपकारी अभियानमा सहयोग गर्दै आएको समाजले भविष्यमा एग्रो टुरिजम र पर्यटकीय परियोजना सञ्चालन गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए ।

कार्यक्रममा समाजलाई स्थापनाकालदेखि निस्वार्थ सहयोग र योगदान गर्दै आएका तमुधिं यूकेका नवनिर्वाचित अध्यक्ष हरि गुरुङ र श्रीमती सन्ध्या गुरुङलाई प्रमुख अतिथि राजदूत आचार्यबाट संस्थाद्वारा दिइने उच्च्तम सम्मानस्वरूप चार भञ्ज्याङ कदरपत्र, दोसल्ला र खास्टो ओढाएर विशेष सम्मान गरिएको थियो। त्यस्तै, समाजका मानार्थ सदस्यहरु रोजर विलिस र जेनि विलिसलाई पनि समाजलाई निस्वार्थ भावनाले लामो समयदेखि सहयोग गर्दै आएकोमा अध्यक्ष गुरुङले फेटा र खास्टो ओडाएर सम्मान गरे भने ले. कुसाङ गुरुङ र श्रीमती पञ्च गुरुङलाई सहारा युकेको अध्यक्ष निर्वाचित भएकोमा बधाइस्वरूप सम्मान गरियो।

समाजको अक्षय कोषमा एक लाख भन्दा बढी सहयोग गर्ने ट्रस्टीहरु शान्त र किरण गुरुङ, कमल र कोमल गुरुङ, याम र शिला गुरूङ, राम र नन्द गुरूङ र स्वर्गीय बल बहादुर गुरुङ, उच्च शिक्षा हासिल गर्ने श्रेया गुरुङ, ऐेन गुरुङ र रूष्मा गुरुङ पनि सम्मानित भएका थिए।

कार्यक्रमका लागि निशुल्क पेयपदार्थ उपलब्ध गराउने गुमान गुरुङ, सुपथ मूल्यमा भोजन उपलब्ध गराउने दरबार रेष्टुरेन्ट र सञ्चालक धनबहादुर गुरुङ, साउन्ड सिस्टममा सहयोग गर्ने कृष्ण गुरुङ, फोटोग्राफर, पाइपरसहित विभिन्न रुपमा पक्षमा सहयोग पुर्‍याउने समाजका पूर्व अध्यक्षहरू, कार्यसमिति, ट्रस्टीहरु, सल्लाहकारहरू, आमा समूह र सदस्यहरूलाई अध्यक्ष गुरुङले धन्यवाद व्यक्त गरे।

सो अवसरमा नेपालबाट आएकी लोक गायिका रूपा घर्तीमगरको बेजोड संगीतिक प्रस्तुतिसंगै अनमोल गुरूङ, सुदिक्षा गुरुङ, निशचल गुरुङ र मेगान गुरुङले आकर्षक नृत्य प्रस्तुत गरेका थिए।