१३ बैशाख २०८१, बिहीबार
Follow Us

पपुवा न्युगिनी नेपालसँग ३ विकेटले पराजीत

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०७९, शुक्रबार १४:००

दुबई । विकटकिपर आसिफ शेख र स्पिनर सन्दीप लामिछानेको कीर्तिमानी साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि तीन विकेटको जित हात पारेको छ ।

नेपालका लागि ओपनर आसिफ शेख तथा सन्दीप लामिछानेले कीर्तिमानी साझेदारी गरेपछि पीएनजी ३ विकेटले पराजित भएको हो । सन्दीप र आसिफले आठौं विकेटका लागि ७७ रनको अविजित साझेदारी गरेका थिए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पीएनजीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभर ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेखले १ सय ३० बलमा अविजित ८६ रन बनाए । शेखले २ चौका र १ छक्का प्रहार गरे । सन्दीप लामिछानेले ५० बलमा अविजित ३५ रन बनाए ।

त्यसअघि कुशल मल्लबाहेक कसैले दोहोरो अंक जोड्न सकेका थिएनन् । मल्लले २३ रन बनाएका थिए । यससँगै नेपालको ग्लोबल क्वालिफायर्समा पुग्ने सम्भावना जीवितै रहेको छ ।