७ बैशाख २०८१, शुक्रबार
Follow Us

एसिया कप छनोटका लागि नेपाली टोली घोषणा

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७९, शनिबार ०४:३५

काठमाडौँ । एएफसी यू-२० महिला एसिया कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले शुक्रबार २३ जनाको अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

बङ्गलादेशमा भएको साफ यू-० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीमा तीन जना परिवर्तन गरिएको छ । घाइते भएका कुसुम खतिवडा र अञ्जली चन्दको स्थानमा जेनिफर राना र सन्दिपा भोलान टिममा समावेश भएका छन् ।

यस्तै, सजनी थोकरको स्थानमा हिमा रावत टिममा समावेश छन् । राष्ट्रिय टिमका सदस्य प्रीति राई, अमिसा कार्की र दीपा शाही पनि टिममा समावेश छन् ।

मार्च ८ देखि १२ सम्म हुने छनोटमा नेपाल समूह बी मा छ । यस समूहमा प्यालेस्टाइन र नर्थन मारिया आइल्याण्ड छन् । यस समूहको खेल प्यालेस्टाइनमा हुनेछ ।

यू-२० महिला एसिया कप छनोटमा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ ।