काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नम्बर ५ मा जितेर देखाउन चुनौती दिएकाे छ । रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सामाजिक सञ्जालमार्फत ओलीलाई झापा-५ मा आफूलाई जितेर देखाउन चुनौती दिएकी हुन् ।
संग्रौलाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छन्, ‘केपी ओलीले झापामा आफूलाई चुनावमा जित्न चुनौती दिनु भएछ । म फेरि पनि भन्छु, झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने रास्वपाको जो कोही होस्, उसलाई जितेर देखाउन हाम्रो चुनौती छ केपी ओलीलाई ! छिर्के लाएर होइन, गुण्डा बोलाएर होइन, मतपत्र चिथोरेर होइन, फोहोरी खेलेर होइन, नैतिकता र राजनैतिक चरित्र बोकेर जनताको माझमा मैदानमा उत्रनुस्, हामी तयार छौँ !’