७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अमेरिका केन्द्रीय सदस्यता वितरण प्रणाली ‘एमआईएस’ मा आबद्ध

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७९, मंगलवार १५:२७

लण्डन् । अन्ततः दुई वर्ष १९ दिन पछि गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले सदस्यता खुल्ला गरेको छ। संघको एमआईएस प्रणालीमा आउन पटक पटक आनाकारी गरेको अमेरिकाले अन्ततः सोही प्रणाली मार्फत सदस्यता वितरण शुरु गरेको हो ।

एनआरएनए अमेरिकाले मार्च ६ तारिक सोमवार देखि सदस्यता खुलाएको हो। सन् २०२१ फ्रेबुअरी १५ पछि एनआरएन अमेरिकाको सदस्यता सम्वन्धी सम्पूर्ण गतिविधि ठप्प थियो।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आइसीसी० को एमआईएस प्रणालीका कारण सदस्यता खुल्ला गर्न ढिलाइ भएको एनआरएनए अमेरिकाले बताउदै आएको थियो।

एनआरएनए अमेरिका अध्यक्ष बुद्दि सुवेदीले सोमवार एक विज्ञप्ति जारी गर्दै सदस्यता खुलेको जानकारी दिएका छन्।

‘गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्यता विधानमा गरिएको व्यवस्था तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदसंग गरिएको सम्झौता अनुसार एमआईएस सिस्टम मार्फत खुल्ला गरिएको छ।’ सुवेदीले विज्ञप्तिमा भनेका छन्।

‘संस्थाको विधानको अनुसूची(३ बमोजिम निर्वाचन हुने वर्षमा मे १५, भित्रमा आजीवन सदस्यले आफ्नो विवरण अद्यावधिक गर्नुहुन अनुरोध गरिन्छ साथै नयाँ सदस्यता प्राप्तिको लागि मे १५ भित्रमा सदस्यता प्राप्तिको लागि निवेदन दिइसकेको हुनुपर्नेछ।’ अध्यक्षको विज्ञप्तिमा अगाडि भनिएको छ।

एनआरएनए अमेरिकाका सचिव अनुप खनालका अनुसार यस पटक सदस्यता बन्नका लागि मोवाइलमा एप डाउनलोड गर्नु पर्ने हुन्छ। ‘यस अगाडि जस्तो अनलाइनबाट सदस्य बन्न पाइदैन’ खनालले समाज टाइम्स सँग भने,’ स्मार्ट एनआरएनए एप डाउलोड गरि त्यसमा मागिए अनुसारको विवरण भर्नु पर्छ।’

खनालका अनुसार यस पटक डेबीट र क्रिडिट कार्डबाट मात्र सदस्यता बन्न पाइने छ। यस्तै एउटा कार्ड र ठेगनामा चार जना भन्दा बढीले सदस्यता बन्न पाउने छैनन।

एक जनाले सदस्यता बन्नका लागि बीस अमेरिकी डलर खर्च गर्नु पर्ने छ।

सदस्य बन्न यो एप डाउनलोड गर्नु पर्ने छ।