७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘छक्का पन्जा ४’को ‘सिरूपाते जुंगामा’ गीत सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०७९, बुधबार ०४:४५

काठमाडौं । चलचित्र ‘छक्का पन्जा ४’ को ‘सिरूपाते जुंगामा’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ ।

गत शुक्रबारदेखि प्रदर्शन भइरहेको चलचित्रको उक्त गीत मंगलबार ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको हो ।

सार्वजनिक गीतको भिडिओमा अभिनेता दीपकराज गिरी र अभिनेत्री बेनिशा हमाललाई देख्न सकिन्छ। बाबुल गिरीको स्वर रहेको गीतमा शंकर अधिकारीको शब्द रहेको छ भने संगीत, संगीत संयोजन तथा मिसिङ बाबुलकै छ।

आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् भने हेमराज विसीले निर्देशन गरेका छन् ।

चलचित्रमा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, बेदना राईलगायत कलाकारको अभिनय छ ।