१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मर्निङ वाक गर्दाका ५ फाइदा !

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७९, बुधबार ०५:४८

लण्डन् । मर्निङ वाक गर्दाका नियमित हिँड्नु जरुरी छ । वाकिङको सबैभन्दा ठूलो फाइदा फिटनेस हो । फिटनेस राम्रो हुन्छ, अर्थात् तपाईंको हृदय र फोक्सोले कम मिहिनेतबाटै धेरै काम गर्न थाल्ने चिकित्सकहरुले बताएका छन् । हेरौं मर्निङ वाकका ५ फाइदा ।

१. पहिलो कुरो तपाईंको रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसेराइड दुवै कम हुन्छ । कोलेस्ट्रोलले ब्लकेजको काम गर्छ र मुटुसम्बन्धी समस्या निम्त्याउँछ । वाकिङ गर्दा तपाईंको शरीरमा फ्याट कम हुन्छ र कोलेस्ट्रोल र ट्राइग्लिसेराइडसम्बन्धी समस्या कम भएर जान्छ ।

२. सुगरको कन्ट्रोल हुन्छ । हिँड्दा क्यालोरी कट हुन्छ, नर्मल मानिसले एक मिनेटमा बसिरहँदा एक क्यालोरी, सवा क्यालोरी खर्च गर्छ । तर, यदि उसले वाक ग¥यो भने तीन क्यालोरीदेखि ५–६ क्यालोरी खर्च गर्छ । नेचुरल्ली क्यालोरी घट्दै जान्छ र तपाईंको तौल घट्दै जान्छ ।

३. हिँड्दा स्ट्रेस कम हुन्छ । यो ठूलो फाइदा हो । वाकिङबाट हुने अर्को कुरा, तपाईंको हाड–जोर्नी र स्पाइनको समस्यामा पनि फाइदा मिल्छ ।

४. नियमित हिँड्नु जरुरी छ । वाकिङको सबैभन्दा ठूलो फाइदा फिटनेस हो । फिटनेस राम्रो हुन्छ, अर्थात् तपाईंको हृदय र फोक्सोले कम मिहिनेतबाटै धेरै काम गर्न थाल्छन् ।

५. तपाईंको मुटुको स्पिड कम हुन्छ । यसपछि जति लामो वाक गर्न पनि समस्या हुँदैन । कम्तीमा ३५ मिनेट वाक गर्नुपर्छ । महिनामा कम्तीमा २५ दिन गर्नुपर्छ ।