१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोरखा नगरपालिकाको मेयर सहितको टोली बेलायतमा

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७९, बिहीबार १८:४२

लण्डन। बेलायतको रसमोर काउन्सिलसंग मितेरी सम्बन्ध रहेको नेपालको गोरखा नगरपालिकाको मेयर, उपमेयर सहितको टोली बेलायत आइपुगेको छ।

अध्ययन भ्रमणमा आएको छ सदस्सीय टोलीलाई लण्डनस्थित हिथ्रो विमानस्थलमा रसमोर बरो काउन्सिलका पदाधिकारीहरु विहिवार स्वागत गरे ।

उनीहरुको स्वागतको लागि काउन्सिलर जीव बेल्बासे, काउन्सिलका हेड अफ डेमोक्रेसी आन्ड्रयू कोल्भर र अधिकृत अलिस्टर मुर्डोक बिमानस्थल पुगेका थिए ।

बेलायतमा आउने नगरपालिकाको टोलीमा मेयर कृष्णबहादुर राना, उपमेयर मसलीमाया थोकर, मेयरकी श्रीमती बच्चुदेवी राना,वडाध्यक्षत्रय रामबहादुर खड्का,दिलबहादुर थापा र प्रदीप कुँवर रहेका छन् ।

उनीहरु भोलि रसमोरका मेयरले आयोजना गर्ने मेयर च्यारिटी कार्यक्रममा सहभागी हुने काउन्सिलर जीव बेल्बासेले जानकारी दिए ।

उनीहरुले रसमोर काउन्सिलमा शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, सामाजिक सुरक्षा लगायतका विषयमा अध्ययन शुरु गर्ने छन् ।

रसमोर र गोरखा नगरपालिकाबीच यसअघि मितेरी सम्बन्ध स्थापित भइसकेकोमा त्यसको पुनरावलोकन पनि गरिने बताइएको छ।