३२ असार २०८२, बुधबार
Follow Us

राष्ट्रपति रामचन्द्र पौडेललाई क्यानाडाबाट घिमिरे दिए शुभकामना

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७९, बिहीबार १९:०६

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तराष्ट्रीय समन्वय परिषद सचिव चिरञ्जीवी घिमिरेले गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल बिजयी हुनुभएकोमा बधाई तथा कार्यकाल सफलताको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

घिमिरेले पौडेल नेपालमा लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले राष्ट्र हितलाई केन्द्रमा राखी सम्पूर्ण नेपालीहरुको अभिभावकिय भूमिका निर्वाह गर्ने विश्वा व्यक्त गरे ।

एनआरएनएले शुरुका दिनदेखी उठाउदै आएको नेपाली नागरिकताको निरन्तरतालाई मध्यनजर गर्दै नागरिकता विधेयक रोकिदा थन्किएको गैर एनआरएन नागरिकताको विषय यथासक्दो छिट्टो पास गरी बिदेशमा बसोबास गर्ने लाखौ एनआरएनलाई सम्बोधन गर्न पौडेललाई समक्ष आग्रह गरेका छन् ।

धेरै पढिएको