९ भाद्र २०८२, सोमबार
Follow Us

लण्डनमा मृत घिमिरेको शव नेपाल लैजान जनसम्पर्क समिति बेलायतले सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७९, मंगलवार २१:४९

लन्डन। पश्चिम लन्डनको इलिङस्थित इलिङ पार्कमा गतसाता मृत फेला परेका युवाको शव नेपाल लैजान नेपाली जनसम्पर्क समिति बेलायतले सहयोग गर्ने भएको छ ।

लन्डनस्थित नेपाली दूतावासका अनुसार सुनसरी घर भएका अंकित घिमिरे मृतक भेटिएका थिए । सम्पर्कविहिन बनेको झन्डै एक महिनापछि उनको शव बेलायती प्रहरीले पार्कमा फेला पारेको जनाइएको छ। नेपाली जनसम्पर्क समितिका सभापति युवराज गुरुङले मृतको शवलाई नेपाल पठाउनको लागि आवश्यक गृहकार्य थालिएको बताए ।

इष्ट लन्डन युनिभर्सिटीमा मास्टर्स गर्दै गरेका घिमिरेको शव नेपाल पठाउनको लागि लाग्ने खर्च युनिभर्सिटीले नै व्यहोर्र्ने भएको गुरुङले जानकारी दिए । उनको मृत्‍युको कारण स्पष्ट भइनसकेको भएपनि प्रारम्भिक रुपमा आत्महत्या आशंका गरिएको छ।

परिवारको इच्छाअनुसार मृतकको शव अहिले नेपाल पठाउने तयारी गरिएको हो। दूतावासले आवश्यक सहजीकरणको प्रयास गरिरहेको बताइको छ।

धेरै पढिएको