१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई अत्यावश्यक उपकरण प्रदान गर्ने

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७९, मंगलवार २२:३०

लण्डन् । गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई अत्यावश्यक उपकरण सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघले परोपकारी कार्य अन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रलाई अत्यावश्यक उपकरण तथा सामाग्रीहरु हस्तान्तरण
गर्ने कार्यक्रम भएको संघले जनाएको छ ।
आगामी विहिवार गैरआवासीय नेपाली संघको सचिवालय, बालुवाटारमा ती सामाग्री हस्तान्तरण गर्ने तयारी गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष पदाधिकारी तथा सदस्यज्यूहरु, अग्रज, राष्ट्रिय समन्वय परिषदका अध्यज्यू, कार्यसमितिका पदाधिकारी अभियन्ता तथा संचारकर्मीहरुलाई आमन्त्रण गरिएको छ ।