१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए १५ औं यूरोप क्षेत्रीय सम्मेलनमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो आउने

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७९, शुक्रबार २२:१७

लण्डन् । गैरआवासीय नेपाली संघको मे महिनाको ६ र ७ तारिखमा चेक रिपब्लिकमा हुने क्षेत्रीय बैठकमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले भाग लिने भएका छन् ।

सम्मेलन तयारी समितिका सदस्य सचिव डा. चिरन्जीबी खड्काका अनुसार डा. उपेन्द्र महतो सहित सबै पूर्वअध्यक्षहरुलाई सम्मेलनमा आमन्त्रण गरिएको छ ।

सो सम्मेलनमा गैरआवासीय नेपाली संघका नियमित मुद्दाका अतिरिक्त यूरोप क्षेत्रमा नेपालीले भोगेका समस्या र समाधानको बारेमा छलफल हुने आयोजकले जनाएको छ ।

सो सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकले लिएको छ । सम्मेलनको तयारीका लागि क्षेत्रीय संयोजकद्धय सन्तोष भट्टराई र चिन्तामणी सापकोटाको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सम्मेलनमा यूरोपमा रहेका करिब दुई दर्जन देशका प्रतिनिधिहरुको सहभागीता रहने अपेक्षा गरिएको छ ।

सम्मेलनमा नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकारहरू, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रिय अध्यक्षहरु, पूर्वअध्यक्षहरु, पत्रकारहरु र संस्थापकहरुको उपस्थिति रहने छ ।