१३ बैशाख २०८१, बिहीबार
Follow Us

चलचित्र ‘बिहे पास’ को ट्रेलर सार्वजनिक

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०७९, शनिबार ०४:४५

काठमाडौं । नेपाली चलचित्र ‘बिहे पास’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार यूट्युबमा ट्रेलर सार्वजनिक गरिएको हो । प्रवेश पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको छ । दयाहाङ र प्रकृतिले पहिलो पटक एकसाथ काम गरेका हुन् ।

ट्रेलरमा सरकारी जागिर नहुँदा एक युवाले भोगेको पारिवारिक कथालाई रोचक ढंगले देखाइएको छ । बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा दयाहाङ र प्रकृतिसँगै श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नविन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलको अभिनय रहेको छ ।

आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित यो चलचित्रमा शिव ढकालको छायांकन रहेको छ । रोजन श्रेष्ठले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने रत्न श्रेष्ठ हुन् ।