८ बैशाख २०८१, शनिबार
Follow Us

युरोकप छनाेट फुटबलमा इंग्ल्याण्ड, इटाली र पोर्चुगल विजयी

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७९, सोमबार ०५:२८

लन्डन । युरोकप फुटबल छनाेटमा इंग्ल्याण्डले युक्रेनलाई २–० ले पराजित गरेकाे छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा इंग्ल्याण्डलाई विजयी गराउन ह्यारी केन र बुकायो साकाले १–१ गोल गरेका थिए। पहिलो खेलमा इटालीलाई २–१ ले पराजित गरेको इंग्ल्याण्डको युरोकप छनाेटमा यो लगातार दोस्रो जित हो ।

आइतबार राति भएको अर्को खेलमा इटालीले माल्टालाई २–० ले पराजित गरेकाे हाे । माल्टामा भएको खेलमा भ्रमणकारी टोली इटालीलाई विजयी गराउन माटियो रेटेग्वी र पेसिनाले १–१ गोल गरेका थिए।

युरोकप छनाेट अन्तर्गत समूह ‘जे’ को खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ६–०ले पराजित गर्दा स्लोभाकियाले बोस्नीयालाई २–० ले तथा आइसल्याण्डले लिचेस्टाइनलाई ७–० ले पराजित गरेका थिए ।

यसैगरी समूह ‘एच’ को खेलमा स्लोभेनियाले सान मारिनोलाई २–० ले पराजित गर्दा काजखस्तानले डेनमार्कलाई ३–२ ले पाखा लगाएकाे थियाे । यहि समूहको अर्को खेलमा फिनल्याण्डले नर्दन आयरल्याण्डलाई उसैको मैदानमा १–० ले पराजित गरेकाे थियाे।