१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए क्यानडाका अध्यक्ष गौतम र नेरेसो चितवनका नवनिर्वाचित पदाधिकारीविच भेटघाट

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७९, सोमबार २१:१६

गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष एवं कोशी प्रदेशका लागी घुम्ती रक्तसंचार बस परियोजनाका संयोजक दिपक गौतमले आज नेपाल रेडक्रस सोसाइटि चितवनका नवनिर्वाचित पदाधिकारीहरु र रक्तसंचार केन्द्र चितवनका प्राविधिकहरु विच भेटघाट गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघले प्रदान गरेको घुम्ति रक्तसंचार बसको प्रभावकारीता र सुधारका पक्षहरुका विषयमा करिव २ घण्टा छलफल भएको थियो । नेपाल रेडक्रस सोसाइटि चितवनका नवनिर्वाचित अध्यक्ष हरि पौडेलले घुम्ति बसले चितवनमा रगत संकलन बृद्धी भएको जानकारी दिदै पहिलो बस चितवनमा प्रदान गरको भन्दै गैरआवासीय नेपाली संघलाई धन्यबाद दिनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटि चितवनका मन्त्रि राममणी खनालले गैरआवासीय नेपालीहरुले आफ्नो छाक काटेर प्रदान गरेको रक्तसंचार बसको भरपुर उपयोग गरिने जानकारी दिनुभयो ।
रक्त संचारक केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले चितवनमा अस्तालको संख्या बढ्दै गएपनि रक्तसंचार केन्द्रको बृद्धीको लागी कसैले चासो नदिएको गुनासो गर्नुभयो । छोटो समयको अवधिमा ५ नयाँ अस्पताल थपिएपनि ति अस्पतालमा रगत आपुर्ती कसरी गर्ने भन्नेबारे कुनै योजना नभएको बताउनुभयो ।
कार्यक्रममा बस चालक, रक्तसंचार केन्द्रका प्राविधिकहरुले व्लड बसको उचाइ कम भएको, १ पटकमा जम्मा २ जनाको रगत संकलन गर्न सकिने भएकाले ठुलो बस किन्नुपर्ने, बसको ढोका माथी भएकाले भर्याड व्याबहारिक नभएको र लगायतका सुझावहरु दिनुभएको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष एवं कोशी प्रदेशका लागी घुम्ती बस परियोजनाका संयोजक दिपक गौतमले गैरआवासीय नेपालीहरुले जन्मभुमीप्रतिको मायाँले विदेशमा रगत पसिना बगाएर थोपा थोपा जम्मा गरी प्रदान गरेको घुम्ती रक्तसंचार बसको अधिकतम प्रयोग गर्न आग्रह गर्नुभयो । यसको अधिकतम प्रयोगबाट जटिल अवस्थाका गैरआवासीय नेपालीका आफन्त तथा नेपाली दाजुभाई दिदी बहिनीहरुको ज्यान जोगिन सक्यो भनेमात्र गैरआवासीय नेपालीहरुको सहयोगले सार्थकता पाउने बताउनुभयो । गैरआवासीय नेपाली संघले घुम्ती रक्तसंचार बस प्रदान गर्ने मात्र नभएर यसको उपयोग, दिगोपन र रक्तसंकलनमा यसको प्रभावलाई नजिकबाट नियालिरहेको जानकारी दिँदै सचेतनाका कार्यक्रममा केन्द्रित भइ रक्तसंकलन बढाउने योजना तर्जुमा गर्न नेपाल रेडक्रस सोसाइटि चितवन शाखाको नवनिर्वाचित कार्यसमितिलाई सुझाव दिनुभयो ।
भेटघाट कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवनका नवनिर्वाचित अध्यक्ष, मन्त्रि, सहकोषाध्यक्ष, सदस्यहरु, प्रशानिक एवं प्राविधिक कर्मचारीहरु मानवसेवा आश्रम चितवनका उपाध्यक्ष विनोद ढकाल, सामाजिक अभियन्ता निर्मला पण्डित लगायतको उपस्थिति थियो ।
यस अघि अध्यक्ष गौतमले चितवन मानव सेवा आश्रमको भ्रमण गर्नुभएको थियो । आश्रममा ४७ जना असहाय, घरबारविहिन व्याक्तिहरुले आश्रय लिइरहेका छन् । विकसित देशमा असहाय एवं घरबार विहिनको दायित्व सरकारले लिने भएपनि नेपालमा निजि तहबाट यस्तो कार्य हुनु सर्हानिय भएको भन्दै अध्यक्ष गौतमले संचालकहरुको प्रसंसा गर्नुभएको थियो ।