७ बैशाख २०८१, शुक्रबार
Follow Us

कृष्ण लामिछानेको हत्या कि आत्महत्या प्रहरीले थप अनुसन्धान गर्ने, अनुसन्धानकर्ता खटिए (भिडियो)

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७९, सोमबार २१:५५

अन्वेषक खटाइए
। गतसाता टेक्सासमा मृत अवस्थामा भेटिएका कृष्णप्रसाद लामिछानेको निधनको घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने भएको छ । लामिछानेको मृत्यु घरेलु हिंशासँग सम्बन्धित भएको आशंका भइरहँदा प्रहरीले थप अनुसन्धान गर्ने जनाएको हो ।

घटनाका सन्दर्भमा अनुसन्धानका लागि प्रहरी अनुसन्धानकर्तालाई जिम्मा दिइएको र उनीहरुले घटनाको विस्तृत विवरण हेरिरहेको अर्भिङ प्रहरी प्रवक्ता रोबर्ट रिभ्सले जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेकाले प्रहरीले यसबारे थप कुरा सार्वजनिक गरेको छैन ।

गत मंगलबार नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष समेत रहेका लामिछाने आफ्नै घरमा मृत अवस्थमा भेटिएका थिए । उनको मृत्युको समाचार लगत्तै स्थानिय नेपाली समुदाय उनको घरमा पुगेका थिए ।

शनिबार उनको दाहसंस्कार समेत भइसकेको छ । प्रहरीले यस अगाडि शुक्रबार अनुसन्धान प्रारम्भिक चरणमा रहेको र अपराध भएको कुनै संकेत नदेखिएको बताएको थियो । खसोखासका अनुसार आज भने प्रहरीले अनुसन्धानका लागि अन्वेषक खटाइएको जानकारी दिएको हो ।

लामिछानेको मृत्युपछि केही अडियो, भिडियो र तस्वीरहरु सार्वजनिक भएका थिए । केही तस्वीरहरुमा लामिछानेको अनुहार र शरीरका विभिन्न अंगमा चोट लागेको देखिएको थियो । यद्यपी ती अडियो, भिडियो र तस्वीरहरु कहिलेका हुन् भन्नेबारे स्पष्ट भएको छैन । ती अडियो, भिडियो र तस्वीरहरु प्रहरीले प्राप्त गरिसकेको छ ।