७ बैशाख २०८१, शुक्रबार
Follow Us

कृष्ण लामिछानेको सुसाइड नोटमा के छ ? मलाई अझै जिउने मन छ तर……

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७९, मंगलवार १०:४३

लण्डन् । टेक्सस स्थित घरमै मृत फेला परेका समाजसेवी कृष्ण लामिछानेको सुसाइड नोट फेला परेको छ । सामाजिक संजालमा प्राप्त सो नोटको औपचारिक रुपमा पुष्टि हुन बाँकी छ ।
प्राप्त सुसाइड नोटमा आफुले बिभिन्न गल्ति गरेको लेखेका छन् तर ती गल्ति के थिए भन्ने प्रस्ट छैन् । उनले आफ्नी श्रीमति मालाको नाममा लेखेको पत्रमा प्राणको भिखारी भएको उल्लेख गरेका छन् । उनले आफुलाई बाचेर जिउने मन छ तर म कसरी बाचु र जिउ भन्ने लागेको बताएका छन् ।

परिवारको सहमतिमा स्वर्गिय लामिछानेको मार्च २४ तारिक शुक्रवार बिहान ९ बजे देखि ११ बजेसम्म अन्त्येष्टि गर्ने तयारी गरिएको हो ।

स्वर्गिय लामिछानेका श्रीमती र दुई छोरीहरु छन् ।