७ बैशाख २०८१, शुक्रबार
Follow Us

टुङ्गियो सौगात र सृष्टिको ७ वर्षको सम्बन्ध

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०७९, बिहीबार ११:२१

काठमाडौँ । अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठबीचको सात वर्ष लामो सम्बन्धमा टुङ्गिएको छ ।

काममा फोकस हुने भन्दै उनीहरूले ७ वर्षको सम्बन्ध टुङ्गाएका हुन् । उनीहरू सहमतिमै अलग हुने भएका हुन् । अहिले सृष्टि चाहिँ आराम गर्न भन्दै लण्डनमा परिवारसँग छिन् ।

सौगातले भने, ‘काममा फोकस हुनुपर्ने समयमा हामी एकापसमा धेरै इन्गेज भयौँ । काममा फोकस गरौँ भन्ने हो । हाम्रो कुरै भएको हो । मलाई यसमा अहिले हतार छैन, उसलाई पनि हतार देखिएन ।’

केही महिनाअघि उनीहरूले यसै वर्ष विवाह गर्ने तयारी समेत भइरहेको बताएका थिए ।