१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘हेरेको तिमीलाई’मा सिम्पल र कुन्साङको अन्स्क्रिन प्रेम ( भिडियो )

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७९, शनिबार ०६:०७

काठमाडौं । लोकप्रिय गायिका एवम मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन फिचर्ड ‘हेरेको तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा क्युट कपलको रुपमा देखिएका यो जोडी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

यस गीतमा लोकप्रिय गायिका मिलन नेवारको सुमधुर स्वर रहेको छ । प्रेमिल शैलीको गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने लोकप्रिय संगीतकार टिका दहालको संगीत रहेको छ। गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई हरि हुमागाईले सम्पादन गरेका हुन्। सिम्पल खरेलको निर्देशनमा तयार पारिएको भिडियो संगीतकार दहालको युट्युव च्यानल ‘टिका दहाल म्युजिक’ मार्फत सार्वजनिक भएको हो। केहि हप्ता अघि संगीतकार दहालको संगीतमा रहेको ‘नौडाँडा पारी २’ दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको छ।