११ बैशाख २०८१, मंगलवार
Follow Us

एनबीसी यूकेको च्यारिटीमा कलाकारहरुको दमदार प्रस्तुती

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७९, सोमबार १४:३८

लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले आयोजना गरेको च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अप्रिल २ ब्लु रुम स्पोर्टस् भेन्यूमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

च्यारिटी कार्यक्रममा नेप्लिज ब्रिटिश कम्युनिटी यूकेले गरेका कार्यहरुको ईतिहास समेटिएको सामाग्री प्रशारण गरे सगैं कार्यक्रमको सुरुवात गरिएको थियो ।

पवित्र समाज सेवा नेपालको सहयोगार्थ च्यारिटी कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका लोकप्रिय कलाकारहरु एलिना चौहान, सुमन कार्की र अन्जली अधिकारीले जोडदार प्रस्तुति दिएका हुन्
ि
कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षता रहेको थियो । सो अवसरमा अध्यक्ष ओझाले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।संयोजक ओझाले देशका हरेक दुस्ख पीडामा संस्थाले सक्दो सहयोग गर्दै आएको र भावी दिनमा पनि यसलाई निरन्तरता दिंदै जाने बताए ।

ओझाले बेलायतमा च्यारिटीमुलक संस्थाको रुपमा दर्ता भएको आफ्नो संस्थाले प्रवासमा बसेर पनि नेपाल संग विभिन्न मानवीय कार्यमार्फत जोडिइरहन र बेलायतवासी नेपालीहरुबीच भाषा संस्कृति र परम्परालाई जीवन्त राख्ने कार्यमा लागिपर्ने बताए ।

प्रमुख अतिथि राजदूत आचार्यले एनबीसी यूकेले विगतमा गरेको कार्यको प्रशंसा गर्दै नेपालकै समाज सेवाका लागि सक्रिय अन्य विभिन्न सामाजिक कार्यमा पुरयाएको योगदान सह्रानीय रहेको बताए

कार्यक्रममा झण्डै ४ सय जनाको उपस्थिति रहेको संस्थाका कोषाध्यक्ष खेम जोशीले जानकारी दिए । अहिलेसम्म कति रकम सकंलन भयो र कति खर्च भयो भन्नेबारे विवरण आउन बाँकी रहेको उनको भनाई छ । संस्थाका अध्यक्ष राजेन्द्र ओझाले परोपकारी कार्यमा साथ दिएर हातमा हात मिलाउने सम्पूर्णलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगबाटै कार्यक्रम भव्य बनेको बताए ।
कार्यक्रममा साना नानीहरु गिरिशा सुबेदी ,अदिति गुरुङ ,किशी सुबेदीले निर्त् प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एलिना चौहानले धोकेबाज गीत गाउँदा झुमी झुमी नाचेका थिए । नृत्यगांना अञ्जली अधिकारीले नृत्य प्रस्तुत गर्दा सबै दर्शकहरुले वन्स मोर भन्दै हुटिङ गरेका थिए भने हास्य कलाकार सुमन कार्कीको प्रस्तुतीमा पेट मिचि मिचि हासेका थिए । कार्यक्रममा एनबीसी युकेका पूर्व अध्यक्षहरु, कार्यसमिति र सल्लाहकार एवम् ट्रष्टी सबैको उपस्थिति रहेको थियो ।

बेलायत स्थित विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको कार्यक्रमको सञ्चालन एनबीसी युकेका उपाध्यक्ष समिर प्याकुरेलले गरेका थिए ।