१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाण्डौं, पोखरा र सिन्धुपाल्चोकमा एनआएनएको कार्यक्रम तय

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७९, शनिबार ०२:०३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा, सिन्धुपाल्चोक र काठमाण्डौंमा बिभिन्न कार्यक्रमको तय गरेको छ ।
गैरआवासीय नेपाली संघको सचिवालयका अनुसार अप्रील ९ तारिख विहान ९ बजे काठमाण्डौंस्थित केन्द्रीय कार्यालयमा भ्वाईस अफ यूनिर्भसको कलाकारहरलाई सम्मानको कार्यक्रम राखिएको छ ।

यस्तै संघको सकृयतामा निमार्णाधिन स्मार्ट रेस्टरुम परियोजनाको शिलान्यास १० अप्रील विहान पोखरास्थित महेन्द्र पुलमा हुने भएको छ ।

बेत्रेस्वरी आधारभूत विद्यालयको नवर्निमत भवन तथा शैशिक सामग्री हस्तान्तरण कार्यक्रम १२ अप्रीलका दिन चौतारास्थित बेत्रेस्वरी आधारभूत विद्यालयमा हुने संघले जनाएको छ । गैरआवासीय नेपाली संघले ती कार्यक्रममा उपस्थित हुन् गैरआवासीय नेपाली अभियन्ताहरुलाई आग्रह गरेको छ ।