१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए बैठकमा अनौठो प्रस्ताव !

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७९, आईतवार ०९:२२

श्रीमति वा श्रीमानको सहमतिबाट मात्र उम्मेदवार बन्न पाइने

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आइसीसीको आजको बैठकमा अनौठो अजेण्डा प्रस्तुत गरिएको छ ।
कार्यकारी अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बस्न लागेको बैठकको ११ नम्बरमा रिब्राण्डीङ एनआरएनए अन्तर्रगत संघको निर्वाचनमा उठ्ने उम्मेदवार बन्नका लागि नयां योग्यता प्रस्ताव गरिएको छ । नयां प्रावधान अनुरुप संघको निर्वाचनमा उम्मेदवार बन्न श्रीमान वा श्रीमति एक जनाको अनिवार्य प्रस्तावक रहनु पर्ने व्यवस्था अघि सारिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार बैठकमा विज्ञ सम्मेलन, स्मार्ट एनआरएनए, क्षेत्रीय बैठक लगायतका विषय बैठक केन्द्रीत हुने छ । संघको कार्यकारी अध्यक्षको जिम्मेवारी समाले पछि डा. बद्री केसीको अध्यक्षतामा पहिलो बैठक बस्न लागेको हो । बैठक नेपाली समय साँझ ५ बजे देखि शुरु हुने बताइएको छ ।