१ श्रावण २०८२, बिहीबार
Follow Us

अध्यक्षको उम्मेदवार बन्न डा. शर्मालाई फ्रान्सवासी एनआरएनको सुझाव

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७९, आईतवार २२:३५

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रिय उपाध्यक्ष डा. हेमराज शर्मालाई फ्रान्समा रहेका नेपाली समुदायले अध्यक्षको लागि उम्मेदवार दिन सुझाव दिएका छन् ।
गैरआवासीय नेपाली संघ फ्रान्सले आइतवार पेरिसमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्ने वक्ताहरुले डा. शर्मालाई आगामी निर्वाचनमा अध्यक्षका रुपमा उत्रिन शुभकामना समेत दिएका थिए ।
संघमा रहेर लामो समयदेखि विधिविधान, आम गैर आवासीय सामान्य तहका नेपाली र संघलाई सबैको साझा र सङ्लो बनाएर लैजान डा. शर्माले लामो समयदेखि निर्णायक भूमिका खेलेको भन्दै आगामी निर्वाचनमा डा. शर्मालाई अध्यक्षका रुपमा हेर्न चाहेको भनाई धेरैको थियो ।

तर शर्माले अहिलेनै निर्वाचनका बारेमा, उमेदवारीका बारेमा निक्र्यौल गरिनसकेको, त्यसको समयपनि आइनसकेको बताए । उनले उपयुक्त समयमा त्यसको निर्णय गर्ने जवाफ दिए ।

आफू कुनै ब्यापारी, उद्ययोगपती र धनाढ्य नभएको, आफूले आर्थिक फाईदा र लगानीका लागि संघलाई उपयोग नगरेको बताउँदै डा. शर्माले तल्लो तहका आम गैर आवासीय नेपालीको हक अधिकार सुरक्षित गर्न र तिनको अवाज उठाउनैकालागि यो अभियानमा आफू निरन्तर लागेको बताए ।
अन्तक्र्रियामा गैर आवासीय नेपाली संघका पदाधिकारी, पूर्व पदाधिकारी र बिभिन्न संघसंस्थाका नेपालीहरुको सहभागिता थियो ।
कार्यक्रममा गैर आवासीय नेपालीहरुले लामो समयदेखि उठाउँदै आएका नेपाली नागरिकताको निरन्तरता, संघको केन्द्रिय संरचना, आम गैर आवासीय नेपालीको संघमा भूमिका, सदस्यता बितरण, नेपालमा आफ्नो पैत्रिक र आफूले कमाएको सम्पत्तीको सुरक्षा तथा संघको निर्वाचन प्रणालीबारे फ्रान्सका नेपाली अभियन्ताहरुले उपाध्यक्ष डा. शर्मासंग गहिरो चासो राखेका थिए ।

डा शर्माले नेपाली नागरिकताको निरन्तरताका विषयमा आम गैर आवासीय नेपालीका मुद्दा संवोधन भैनसकेपनि आंशिक रुपमा सम्वोधन भएकाले त्यसलाई उपयोग गर्दै थप उपलब्धी हाँसिल गर्नकालागि निरन्तर लाग्नुपर्नेमा जोड दिए ।

गैर आवासीय नेपाली संघको वर्तमान निर्वाचन प्रणालीमा आम गैर आवासीय नेपालीले आफ्नो नेतृत्व चुन्न पाउने खालको पद्दती नरहेकाले त्यसमा संघले परिमार्जन र सुद्रिढीकरण गर्नुपर्ने माग गरेका थिए ।

डा शर्माले उक्त विषयमा नेपाल सरकारसमक्ष गैर आवासीय नेपालीले आफ्नो मतको कदर हुनुपर्ने, मतदानको अधिकार सुनिस्चित हुनुपर्ने माग गरिरहेका बेला गैर आवासीय नेपाली संघका केहि अभियन्ताले अनलाईन माध्यमबाट मतदानको बिरोध गरेको र त्यसो हुन नहुने बताए ।

उनले भने “हामीलेनै बिदेशमा भए नेपालीले नेपालको निर्वाचनमा मतदान गर्नुपर्ने माग गरिरहेका छौं । हाम्रो संघकै निर्वाचन अनलाईन माध्यमबाट गर्नुपर्ने भनेर योजना बनाउँदा त्यसको बिरोध गर्नु हाम्रै मागको बिपरित भएन र ? ”

संघको केन्द्रिय महाधिवेशनमा हाल भैरहेको चलखेल, काठमाडौं शशरिर उपस्थित भएर गरिने निर्वाचन प्रणालीले गर्दा संघलाई शुद्दिकरण गर्नपनि अनलाईन मतदान गर्नुपर्नेमा जोड दिए । उनले आम गैर आवासीय नेपालीहरु काठमाडौं मतदानकै लागि मात्रै जानसक्ने स्थिति नरहेकाले संघको नेतृत्वप्रति सबैले अपनत्व महसुस गर्नपनि आफू बसेकै देशबाट अनलाईन मार्फत मतदान गर्नुपर्नेमा जोड दिए ।

गैर आवासीय नेपाली संघको नाममा लगानी र कोष बनाएर ब्यापारी, उद्ययोगपतीहरुले नाफा लिएको तर संघको नाम, प्रतिष्ठा, लोगो र पहुँच प्रयोग गरेबापत संघलाई प्रत्यक्ष फाईदा नपुगेकोमा अभियन्ताहरुले गुनासो गरेका थिए ।

डा. शर्माले एनआरएनएका ठूला ब्यापारी र धनाढ्यहरुले संघका नाममा धनाढ्यहरु मात्रै मिलेर लगानी गर्ने र नाफा लिने होइन कि आर्थिक रुपमा कम लगानी गर्न सक्ने तल्लो तहका गैर आवासीय नेपालीहरुलाईपनि लगानीमा साझेदारी र पहुँचको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

“उहाँहरुले मात्रै लगानी गरेर भएन । सानो सानो रकम हुनेलाईपनि ब्यापारिक, आर्थिक लगानीमा सरिक बनाउनुर्पयो । थैली सानो हुनेलाईपनि ब्यापारिक लगानीको वातावरण बनाइदिन र्पयो” उनले भने ।

गैर आवासीय नेपाली संघ फ्रान्सले यहाँका सबै नेपालीलाई समेट्न केहि महिना अघि संशोधन गरेको विधानमा गुनासो रहेकोमा उनले फ्रान्सबासी नेपालीहरु मिली साझा छलफल, सहमति र निर्णय गरेर अगाडि बढ्न सल्लाह दिए ।

संघको यस कार्यक्रमलाई पेरिसका ब्यापारी शिवराम भण्डारीले स्थान उपलब्ध गराएर सहयोग गरेका थिए । कार्यक्रममा सचिव कमल बिक्रम केसीले सहजकर्ताको भूमिका खेलेका थिए । डा. शर्मा एक साता व्यापी यूरोप भ्रमणको लागि बेलायतबाट त्यहाँ पुगेका हुन् ।


– नेपालप्लसको सहयोगमा

धेरै पढिएको