१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनएका सिइओमाथि छानविन गर्न समिति गठन

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७९, सोमबार ०२:३५

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अधिकृत (सिइओ) रविकिरण अधिकारीमाथि छानविन गर्न समिति गठन भएको छ । एकतातिर पैसा असुलेर अर्को कम्पनीको लागि काम गरेको तथ्य नेपालब्रिटेन डट कमले ‘एनआरएनए सिइओको ७ महिना, दुई स्पष्टिकरण, संस्थाको तलव भत्ता बुझेर अर्को कम्पनीमा व्यस्त’भन्ने समाचार सार्वजनिक गरेपछि संघले छानविन समिति गठन गरेको हो ।

गैरआवासीय नेपाली संघको आइतवार सम्पन्न वैठकमा बोल्ने बक्ताहरुले समाचार गलत भए खण्डन गर्न वा अधिकारीले अन्य कम्पनीमा काम गरेको भए त्यसको जवाफ दिन आग्रह गरेपछि बैठकले छानविन गर्नको लागि समिति गठन गरेको हो ।

बैठकमा बोल्दै संघका अध्यक्ष डा. बद्री केसीले सार्वजनिक रुपमा समाचार आइसके पछि त्यसलाई वेवास्ता गरेर अघि बढ्नु गलत भएको बताए । उनले भने समाचार लेख्दै गर्छन के फरक पर्छ र भनेर सधै ढाकछोप गरेर अघि बढ्न नहुने बताउँदै संघ शाख जोगाउने कुनै पनि गतिविधि वा समाचार माथि छानविन हुने बताए ।

बैठकले संघका महासचिवद्वय डा. केशव पौडेल, गौरीराज जोशी र उपमहासचिवहरु डा. देवी बस्नेत, गणेश केसी, ओम गुरुङ रामशरण सिम्खडा, नारायण काफ्ले र विनय अधिकारी रहेको समिति गठन गरेको हो ।

अधिकारीले संघको केन्द्रीय कार्यालयको नेतृत्व समालेको ७ महिना नहुँदै उनले स्मार्ट लाइफ कम्पनी लिमिटेडको अध्यक्षको जिम्मेवारी लिएर काम थालेपछि विवादमा आएका हुन् ।

गैरआवासीय नेपाली संघ स्रोत अनुसार अधिकारी डेढ महिना विरामी विदामा बसेर सो कम्पनी स्थापना गरेका थिए । संघ एक पदाधिकारीका अनुसार अधिकारीले खुट्टा भाँचिएको नाटक गरेर अर्को कम्पनी स्थापनाको लागि सक्रिय थिए ।

उनले संघको सचिवालयमा कुनै स्वास्थ्य सम्बन्धी कुनै प्रमाणपत्र पेश गरेका छैनन् । उनले मार्च २ तारिख आफ्नो फेसबुक टाइमलाइनमार्फत लक्जरी होटल र नेपालको सबैभन्दा ठूलो मनोरन्जन पार्कको मालिन बन्न मन छ भने सम्पर्क गर्न आब्हान गरेका थिए ।

गैरआवासीय नेपाली संघको र उच्चस्रोतका अनुसार उनले सो कम्पनीमा आफूले अध्यक्षको रुपमा काम थालेको स्वीकार गरेका छन् ।

बैठकमा संघका अध्यक्षद्धय कुल आचार्य, रविना थापा, महासचिव डा. केशव पौडेल र गौरीराज जोशी लगायतका पदाधिकारीको उपस्थिति थियो ।