१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतवासी गल्कोटेहरुको भेला जुलाई २४ मा

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७९, सोमबार १८:५९

लण्डन । बाग्लुङको गल्कोटबाट बेलायत आएर बसेका गल्कोटेहरुको भेला जुलाई २४ तारिखमा हुने भएको छ ।

समाजका महासचिव विष्णु चालिसेका अनुसार संस्थाको सातौ वार्षिक भेला तथा भेटघाट कार्यक्रम मिडल्यान्डको बर्मिङहममा हुने भएको हो । भेलाले संस्थाको नयाँ नेतृत्व समेत चयन गर्ने बताएको छ ।

गल्कोट समाज युकेका अध्यक्ष भोजराज कंडेलको अध्यक्षतामा आइतवार बसेको भर्रचुअल बैठकले संस्थाका उपाध्यक्षहरुको संयोजकत्वमा सदस्यता वितरणलाई तिब्रता दिने निर्णय गरेको छ ।

बैठकले बिभिन्न क्षेत्रमा क्षेत्रीय संयोजक समेत तोकेको छ ।