४ बैशाख २०८१, मंगलवार
Follow Us

मगर संघ यूके कन्सर्टमा ज्याति मगर र प्रमोद खरेलले प्रस्तुती दिने

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७९, सोमबार १९:०९

लन्डन । मगर संघ यूकेले आउंदो मे १३ मा गर्न लागेको नेपाली ओपन कन्सर्टको तयारी पुरा भएको छ ।

संस्थाले आइतबार अपरान्ह अल्डरसटस्थित द प्यालेस रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरि ओपन कन्सर्टबारे अवगत गराएको हो ।

संस्थाले जनाए अनुसार फार्नबोरो फुटबल क्लबमा कन्सर्ट हुनेछ भने सोका लागि नेपालबाट चर्चित कलाकारहरु प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामा आउने निश्चित भएको छ । उनीहरुको भिजा समेत लागिसकेको छ ।

ओपन कन्सर्टको प्रमुख संयोजकको जिम्मेवारी मगर संघ यूकेका वरिष्ठ उपाध्यक्ष लालु पुनले लिएका छन् ।

पत्रकार सम्मेलनमा ओपन कन्सर्टका संयोजक होम रोकाले नेपाली ओपन कन्सर्टको इतिहास, उद्देश्य, जिम्मेवारी बाँडफाँट, टिकटदर र स्टलहरुबारे जानकारी दिएका थिए । सुरक्षा र पार्किङ व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् ।

पत्रकार सम्मेलनमा मगर संघ यूके अध्यक्ष सीता पुनले सहभागिताका लागि सबैमा अपिल गरिन् ।

बिहान ११ बजेबाट शुरु हुने उक्त कन्सर्टमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी हुनेछन् । कन्सर्ट हेर्न प्लाटिनम टिकेटको एकसय पाउण्ड, भिआइपी टिकेट ५० पाउण्ड, वयस्कहरुका लागि ३० पाउण्ड एवं ६५ नाघेका जेष्ठ नागरिक तथा १२ देखि १६ वर्षसम्मका बालबालिकाका लागि २५ पाउण्ड राखिएको छ ।

सिनियर सिटिजन र बालबालिकाले एड्भान्समा लिए २० पाउण्ड लाग्नेछ । वयस्कले एड्भान्समा टिकट लिए २५ पाउण्ड तिरे पुग्छ । १२ वर्ष मुनिकालाई निशुल्क छ ।

पत्रकार सम्मेलन मगर संघ यूके अध्यक्ष सीता पुनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख संयोजक तथा वरिष्ठ उपाध्यक्ष लालु पुन, संयोजक होम रोका, सांस्कृतिक सचिव सरु राना गुरुङ लगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो।

कार्यक्रम महासचिव गुमानसिंह थापाले सञ्चालन गरेका थिए । मगर संघ यूके महासचिव गुमानसिंह थापाले यसपटक कन्सर्टमा करिब ५ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको बताए ।