१३ बैशाख २०८१, बिहीबार
Follow Us

हेर्नुहोस् अमेरिकामा पुरस्कृत फिल्म ‘हल्कारा’ को ट्रेलर (भिडिओ)

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७९, बिहीबार १७:२५

विक्रम सापकोटाको लेखन तथा निर्देशन

अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत फिल्म ‘हल्कारा’ को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट देखाइएको छ।

विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ। फिल्ममा महेश त्रिपाठीले रामको रूपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापामगर मियाको भूमिकामा छिन्।

‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।

यसैगरी फिल्म नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो।

कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेको फिल्ममा महेश र बिनितासँगै उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।

फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन्।

यो फिल्म वैशाख २१ गतेदेखि प्रदर्शन हुँदैछ।