१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रवासी नेपाली मञ्चको नयां वर्षमा ओलीको सम्बोधन

नेपालब्रिटेन डट कम्
२ बैशाख २०८०, शनिबार २०:०३

लण्डन । नयाँ वर्षको २०८० को उपलक्षमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले आज शुभकामना साँझ सम्पन्न गरेको छ । मञ्चका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको अध्यक्षता तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा शुभकामना साँझ सम्पन्न भएको छ ।

कार्यक्रमका अतिथि चितवन क्षेत्र न –२ का नेकपा एमाले का उमेद्वार कमरेड राम प्रसाद न्यौपाने ले कार्यक्रममा नयाँ वर्ष २०८० को उपलक्षमा शुभकामना मन्तव्य राख्दै प्रवासमा रहेका कमरेडहरूले नेपालको विकासको निमित्त टेवा पुर्याउने गरी काम गर्नुपर्ने बताउँदै प्रवासमा रहेका श्रमिकहरूको हक हीतको निमित्त नेकपा एमाले सधैं डटेर लागिरहने बताउनु भयो ।

दोहोरो नागरिकताको सन्दर्भमा बोल्दै उहाँले विश्वमा प्रायः कतै नभएको तथा यसले नेपाली समाजमा भ्रमको वातावरण सिर्जना गरेको समेत बताउनु भयो । अहिलेको सन्दर्भमा गठवन्धन तथा अन्तराष्ट्रिय तत्वको घेराबन्दीलाई तोड्दै नेकपा एमालेका उमेद्वारले यो निर्वाचनमा विजयको झण्डा तिनै वटा क्षेत्रमा पÞmहराउन सफल हुने उदघोष पनि उहाँले गर्नुभयो ।

नेकपा एमाले बाहेकका पार्टीले समाज तथा देशको हीतमा कार्य गर्न नसक्ने भएको हुँदा देशमा विकास गरी देशको सपनालाई साकार पार्न सक्षम एमाले मात्र भएको हुँदा नेकपा एमालेका उम्मेदवारलाई जिताउनको निम्ति हर तरहले सहयोग तथा योगदान गर्न पनि उहाँले अपिल गर्नुभयो ।

कार्यक्रमका अतिथी गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिती का अध्यक्ष डा. बद्रि केसीले प्रवासमा छरिएका संगठित सदस्यलाई आवद्ध हुन प्रेरित गर्ने कार्यको सुरुवात पार्टी अध्यक्ष केपी ओलीले गरेको बताउनु भयो ।

नेकपा एमाले को सरकारले स्थापित लोकप्रिय कार्यक्रम सामाजिक सुरक्षा योजनामा प्रवासमा भएका श्रमिकहरू छोटो समयमा पनि धेरै आवद्ध भएका कारण देशको आर्थिक अवस्थामा महत्वपूर्ण टेवा पुर्याउने तथा एनआरएनए नागरिकताको अवधारणा समेत चाँडै आउन लागेको समेत उहाँले बताउनु भयो । उहाँले गैर आवासीय नेपाली संघको सदस्यता लिन आह्वान गर्दै नयाँ वर्ष २०८० को उपस्थित सम्पूर्णमा शुभकामना प्रदान गर्नुभयो ।

कार्यक्रममा मंचका उपाध्यक्ष रमेश पाण्डेले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमका अध्यक्ष सन्जय थापाले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सधै देश विकासका लागि सहयोग गर्न तयार रहेको जानकारी दिए । उपनिर्वाचनमा पार्टीले उठाएका उमेदवारहरूलाई जिताउन प्रवास बाट पनि अहम भूमिका खेल्न सबैलाई आग्रह गर्दै नयाँ बर्ष २०८० सालको हार्दिक शुभकामना व्यक्त गरे ।
दोश्रो सेसनको कार्यक्रम संचालन गर्न कला साहित्य तथा सांस्कृती विभाग प्रमुख सरस्वती केसीले गरेकी थिइन् ।

भर्चुअल जुम मार्फत सम्पन्न गरिएको उक्त कार्यक्रममा प्रवासमा रहेका ५०० भन्दा माथी नेपालिहरूको उपस्थित रहेको थियो ।
कार्यक्रमको सहजिकरण प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम गुरुङले गरेका थिए ।