१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वाट्फोर्डमा नयाँ वर्ष मनाइयो

नेपालब्रिटेन डट कम्
४ बैशाख २०८०, सोमबार ०३:०९

लन्डन । बेलायतको वाट्फोर्ड सहरमा बस्ने नेपालीहरुको संस्था ‘वाट्फोर्ड नेपाली समुदाय’ले नयाँ वर्षको २०८० को उपलक्ष्यमा १४ अप्रिलको साँझ शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेर भव्यतासाथ मनाएको छ । वाट्फोर्डमा बस्ने करिव तीनसय नेपालीहरुको उपस्थिति रहेको थियो उक्त कार्यक्रममा नेपालबाट आएका कलाकार र स्थानिय कलाकारहरुले गीत, संगीत, नृत्य र कमेडी प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष विष्णु पन्तको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा बेलायती सांसद डीन रसेल प्रमुख अतिथि थिए । प्रमुख अतिथि र संस्थाका अध्यक्षले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन पश्चात उक्त कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय गान बजाइएको थियो ।

मन्तब्यको क्रममा प्रमुख अतिथि सांसद डीन रसेल वाट्फोर्ड नेपाली समुदायको एकता देखेर आफू उत्साहित भएको बताए । नेपाली संस्कृतिलाई जर्गेना गर्ने संस्थाले विभिन्न सामाजिक कार्यमा पुर्याएको योगदानको सह्रना गर्दै धन्यवाद दिए । उनले नेपाली समुदायको हितमा हुने कार्यमक्रमका लागि आफू सहयोग गर्न तयार रहेको बताए ।

उक्त कार्यक्रममा नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरु कृष्ण काफ्ले, रमिला न्यौपाने, सहिमा श्रेष्ठ र सुमन कार्कीले आआफ्नो कला प्रदर्शन गरेर दर्शकलाई भरपुर मनोरंजन दिलाएका थिए । कार्यक्रममा स्थानिय प्रतिभाहरु किशी, अदिती, अंकुर आचार्य, निधि पाण्डे, त्रिशा, शुभेच्छा, गिरीशा र प्रिशा घिमिरेले रोचक नृत्य प्रस्तुत गरेका थिए । डिजे हेम बिष्टले कार्यक्रममा रोचकता थप्दै थप मनोरन्जन दिलाएका थिए ।

उक्त कार्यकम सफल पार्न राजेन्द्र थापा, महेश गिरी, सुदर्शन रुवाली, मुकुन्द गुरुङ, अमर गुरुङ, विजय गुरुङ, यम गुरुङ, सञ्जय पन्त, दिनेश सुवेदी, प्रदीप घिमिरे, विष्णु पन्त, बिनु लामिछाने, मच्छिन्द्र आचार्य, कृष्ण तिवारी, डा.मोहन थापा, राजन फुयाँल, बालकृष्ण भुषाल, कृष्ण बजगाईं लगायतको महत्वपूर्ण भूमिका रहेको थियो ।

संस्थाका महासचिव राजेन्द्र थापाले पहिलो चरणको कार्यक्रम औपचारिकरुपमा सञ्चालन गरेका थिए भने कार्यक्रमकी संयोजक एवम् गायिका निरुषा भट्टराई पाण्डेले दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु पन्तले संस्थाको बारेमा बोलेका थिए भने संस्थाकी उपाध्यक्ष मनिकला राई गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।