१५ चैत्र २०८०, बिहीबार
Follow Us

भारतीय मिसाइल र बममा रविना टण्डनको नाम

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०८०, सोमबार ०३:३८

मुम्बई । सामान्तया फिल्ममा कुनै रुखलाई मायाको निशानीको रुपमा देखाइन्छ त कहिले भित्तालाई मायाको शब्दले भिजाइएको रुपमा प्रस्तुत गरिन्छ ।  यस्ता दृश्य देशका हरेक सहरका कुनाकुनामा देखिन्छन्, जहाँ प्रेम डुबेका जोडीहरु यस्ता किस्सा सुनाएर रमाइलो मान्छन् ।

तर यदि कुनै अभिनेत्रीको नाम बम र मिसाइलमै लेखियो र ती हतियार उसको विपक्षी देशलाई सप्रेम भेट उपहारका रुपमा दिइँदा त्यो हतियार निकै घातक साबित हुन्छ । बलिउड अभिनेत्री रविना टण्डनको जिन्दगीमा पनि यस्तै एउटा रोचक किस्सा बलिउडमा अहिले पनि सुनिन्छ ।

यो किस्सा कारगिल युद्धको हो । भारत र पाकिस्तानको यो युद्ध भइरहँदा त्यसबेला भारतीय मिसाईल र बम निकै लोकप्रिय थिए । किनकी ती मिसाईल र बममा अभिनेत्री रविना टण्डनको नाम लेखिएको थियो ।

९० को दशकमा रविना बलिउडकी लोकप्रिय अभिनेत्री थिइन् । उनको सुन्दरताबाट पाकिस्तानी तत्कालीन प्रधानमन्त्री नवाज शरीफ पनि फिदा थिए । उनले सार्वजनिक रुपमा नै रविनाको सुन्दरताको बयान गर्थे । एक अन्तरवार्तामा त उनले रबिना आफूलाई मनपर्ने अभिनेत्री रहेको नै बताएका थिए ।

सन् १९९९ मा जब कारगिल युद्ध शुरु भयो, त्यो बेला पाकिस्तानका प्रधानमन्त्री शरीफ आफ्नो नीति अनुसार भारतलाई निशाना बनाइरहेका थिए । त्यही बेला भारतीय सेनाले नवाजलाई आफ्नै शैलीमा जवाफ दिए । उनीहरुले आफ्नो बम र मिसाइलमा रविनाको नाम लेखेर ‘रविना टण्डनको तर्फबाट नवाज शरीफलाई उपहार’भन्दै मिसाईल र बम पठाएका थिए । त्यो तस्वीर उसबेला निकै भाइरल भएको थियो ।