१६ चैत्र २०८०, शुक्रबार
Follow Us

म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०८०, सोमबार ०३:५६

लन्डन । इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित भएको छ । युनाइटेडले नटिङहम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै युनाइटेडलाईबशीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।

द सिटी ग्राउन्ड नटिङहममा युनाइटेडको जितमा एक गोल डिएगो डालोटको नाममा रह्यो भने अर्को गोल विंगर एन्टोनीले गरे । यो जितसँगै युनाइटेड ३० खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित नटिङहम ३१ खेलबाट २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।

प्रिमियर लिगमा आर्सनलको उपाधि यात्रामा धक्का
इंग्लिश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाइटेडसँग बराबरीमा रोकिएपछि आर्सनलको उपाधि यात्रामा धक्का लागेको छ । आइतबार राति वेष्ट ह्यामको मैदानमा भएको खेल २–२ गोलको बराबरीमा टुंगिएको हो । खेलको दशौं मिनेटमै २–० ले अग्रता लिएको आर्सनलले आफ्नो अग्रता जोगाउन भने सकेन । आर्सनलको लागि ग्याब्रियल जिसस र मार्टिन ओडेगार्डले १–१ गोल गरेका हुन् ।

वेष्ट ह्याम युनाइटेडका साइद बेन्रहामा र ज्यारेद बोवेनले २ गोल फर्काउदै खेल बराबरी गरेका हुन् । यो बराबरीपछि आर्सनलको उपाधि यात्रामा धक्का लागेको छ । लिगमा ३१ खेलबाट आर्सनलको ७४ अंक भएको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ७० अंकसहित दोस्रो स्थानमा रहेकाे छ।