२२ बैशाख २०८१, शनिबार
Follow Us

जारीका निर्माताले दिए प्रहरीमा उजुरी

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०८०, सोमबार ०३:५९

काठमाडौं । नयाँ वर्षको अवसर पारेर गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ लिक भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि प्रहरीमा उजुरी दिएका छन् ।

चलचित्रले राम्रो व्यापार गरी रहँदा टिकटकमा चलचित्रको क्लिपहरू छ्यापछ्याप्ति भेटिएका हुन् । यसैक्रममा निर्माण टिमले सामाजिक सञ्जालबाट चलचित्रको पाइरेसी भइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन्

चलचित्रका निर्माता मणिराम पोखरेलले आइतबार नेपाल प्रहरीकाे साईबर ब्यूरोमा उजुरी दिंदै फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राम अकाउन्टको अनुसन्धान गर्न माग गरेका छन्। सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको जनाइएकाे छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। बासुरी फिल्म्स ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई र मिरूना मगरको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल र पुष्कर गुरुङ लगायतका कलाकारको समेत अभिनय रहेकाे छ ।