१३ बैशाख २०८१, बिहीबार
Follow Us

तीन लाख रूपैयाँ राशिको पद्मश्री साहित्य पुरस्कारका लागि पुस्तक आह्वान

नेपालब्रिटेन डट कम्
६ बैशाख २०८०, बुधबार १८:१४

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने पद्मश्री साहित्य पुरस्कारका लागि अघिल्लो वर्षभरि प्रकाशित कृतिहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ ।

पुरस्कार चयन समितिले प्रतिस्पर्धाका लागि इच्छुक प्रकाशक वा लेखकले ३/३ प्रति पुस्तक उपलब्ध गराउनु हुन आग्रह गरिएको छ ।

पुस्तक पुरस्कारका लागि सम्पर्क व्यक्ति खेम लामिछाने वा काठमाडौँको धुम्बाराहीस्थित अकामा होटेलमा पुस्तक उपलब्ध गराउन आग्रह गरिएको हो ।

पुरस्कारका बारेमा थप जानकारी टेलिफोन नं. +977 9851218002 मा सोध्न सकिनेसमेत जनाइएको छ ।

अघिल्लो वर्ष पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको अर्को भोर कथा संग्रहले प्राप्त गरेको थियो भने पद्मश्री साहित्य साधना सम्मान कथाकार माया ठकुरीलाई प्रदान गरिएको थियो । यस्तै पद्मश्री गौरव पुरस्कार नेत्र चिकित्सक डा. सन्दुक रूइतलाई प्रदान गरिएको थियो ।

२०६३ सालदेखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये निर्णायक मण्डलले उत्कृष्ठ ठहर्याएको पुस्तकलाई हरेक वर्ष प्रदान गर्दै आएको छ ।

तीन वटै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ । तीन वटै पुरस्कार तथा सम्मानको राशि तीन लाख रूपैयाँ रहेको छ ।