११ बैशाख २०८१, मंगलवार
Follow Us

‘भ्वाइसको उपाधि जित्नेमा ढुक्क छु’

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०८०, शनिबार ०६:५०

काठमाडौं । सारा राई द भ्वाइस किड्सको ब्लाइन्ड अडिसन पार गरेर लाइभ राउण्ड प्रवेश गरिसकेकी प्रतिभा हुन् । उनी गायक तथा कोच सुशान्त केसीको टिममा छिन् । राजधानीको बसुन्धारामा अवस्थित माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा सारा भ्वाइसमा अहिले चर्चामा छिन् ।

गायनमा निकै नै प्रतिभावान सारा स्कुलमा हुने हरेक सांगीतिक कार्यक्रममा निकै अब्बल छात्रा हुन् । उनी आँफु यो स्थानसम्म आइपुग्नुमा आफ्नो स्कुल, व्यबस्थापन, स्कुलका प्रिन्सिपल गणेश श्रेष्ठ लगायतको टिम नै मुख्य कारक रहेको बताउँछिन् । त्यस्तै सारा आफ्नो स्कुलका संगीतका प्रशिक्षक तथा लोकप्रिय गायक सञ्जीव पुडासैनीलाई पनि आफ्नो प्रगतिको मुख्य श्रेय मान्छिन् । ८ वर्षदेखि म्युजिक शिक्षक पुडासैनीसँग संगीत अध्ययन गर्दै आएकी साराले भ्वाइसको ब्लाइन्ड अडिसन पार गरेसँगै उनी अहिले थप चर्चामा छिन् ।

‘स्कुलमा हुने हरेक सांगीतिक कार्यक्रमको निरन्तरता र संगीत र नृत्य अध्ययन गर्न पाउने वातावरणका कारण नै आँफुआज यो स्थानमा आइपुगेको हुँ,’ उनी भन्छिन्। आफूले भ्वाइसको उपाधि जित्नेमा ढुक्क भएको बताउने सारा अहिले १३ वर्षकी भइन् । उनको कलाको सर्वत्र चर्चा भइरहेको छ ।

साराको स्कुल  माउन्ट ग्लोरीले अध्ययन अध्यापनका अलावा अन्य विभिन्न किसिमका खेलकुदका गतिविधिहरूलाई पनि प्राथमिकतामा राखेर अगाडि बढेकै कारण आयुष घलान जस्ता राष्ट्रिय स्तरका फुटबलर जन्माउन सफल भएको प्रिन्सिपल श्रेष्ठ बताउँछन् । आयुष अण्डर १८ को राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी हुन् । १९ वर्षका आयुष नेसलन टिममा लामो समयदेखि सहभागी छन् । उनको खेलको पनि बेला बेलामा चर्चा हुने गरेको छ ।