४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए ११ औं महाधिवेशन तयारी: ३० अप्रीलमा ‘फेस टु फेस’ बैठक बोलाइयो

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०८०, बुधबार २०:१२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अक्टोवर दोस्रो साता हुने ११ औं महाधिवेशनको लागि तयारी तिब्र रुपमा अघि बढाएको छ ।
गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार संघले अप्रील ३० तारिख युरोपेली मुलुकमा रहेका राष्ट्रिय समितिहरुसंग ‘फेस टु फेस’ बैठकको आब्हान गरेको हो । भरर्चुअल मार्फत हुने सो बैठकमा स्मार्ट एनआरएनए, ब्राण्डिङ्ग, मेघा परियोजना र आगामी युरोप वैठक बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु, युरोपस्थित राष्ट्रिय समितिका अध्यक्ष तथा महासचिव, लगायत संघका केन्द्रीय सदस्यहरु सहभागी हुने छन् ।

संघको केन्द्रीय महाधिवेशन हुनुअगावै राष्ट्रिय समितिको निर्वाचन अनिवार्य रुपमा जुलाई महिनाअघि गर्नु पर्ने प्रावधान अनुरुप संघले सबै राष्ट्रिय समितिमा सदस्यता वितरण र निर्वाचनका प्रकृयाहरुलाई अघि बढाएको हो ।